Gold
Bangad salyan

नेकपा स्थायी कमिटि बैठक एक सातलाई रोकेर उद्दारमा खटिने निर्णय ,

असार २६ ,काठमान्डौ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक एक सातका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्।

मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरेर सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न निर्देशन गरिएको छ।

असार १० गतेबाट जारि स्थायी कमिटि बैठक प्रधानमन्त्री ओलीका कारण पहिले पटक पटक स्थगित भएको थियो।

स्थायी समितिले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखेपछि ओलीले दुवै सर्त नमान्ने अडान लिएका छन्।

प्रधानमन्त्री ओली र नेकपा अधय्क्ष प्रचण्डको नियमित छलफल चलिरहेको छ।