Gold
Bangad salyan

पहिरोले रुकुम पश्चिममा घर पुर्यो दुई जनाको मृत्यु ,

असार २६ ,रुकुम पश्चिम – रूकुम पश्चिममा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ भने एक जना घाईते छन् ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका ,३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

आठ वर्षीय छोरी हिरा घाइते छिन् ,तुलबहादुर दमाईं भने कामको शिलशिलामा बाहिर गएको कारणले बच्न सफल भएका हुन्।

आज बिहान ६ बजे तिर गएको पहिरोले तुलबहादुरको घर पुरेको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले एक जनालाई जिवितै उद्दार गरेको थियो।