काठमान्डौको सुकुम्बासीमा बाढी पस्यो ,
साउन ५ ,काठमान्डौ – काठमान्डौका विभिन्न क्षेत्रमा बाढी पसेर जलमग्न भएका छन्।
केहि दिन अगाडिबाट सक्रिय अविरल वर्षाले आजपनि काठमान्डौका सुकुम्बासी बस्तीमा बाढीपसेर घर बाहर विहिन बनाएको छ।
वाग्मती नदीमा पानीको बाह बढेपछिकाठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा बाढी पसेको पसेको छ जसले गर्दा उक्त क्षेत्रका एक सय बढी घर परिवार प्रभावित भएका छन्।
बाढीबाट हुनसक्ने सम्भावित घटनाबाट जोगाउन नेपाल प्रहरीको टोलि खटिएको छ तेस्तै काठमान्डौको सडकभरि पानि जमेको छ।
वर्षाले सडकको पिच बगाएपछि खाडल खुडलसमेत अत्यधिक बढेका छन्। जसले गर्दा सवारी साधनलाई समेत असर पारेको छ।
वर्षा अझै पाँचदिन सम्म सक्रिय रहने मौसमपूर्वानुमानले बताएको छ।

