क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधन ,
साउन ७ ,काठमान्डौ – रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधन भएको छ ।
उनको पाटन अस्पताल,ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।
नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ ।
उनले २०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए ।
बर्मन जहिलेपनि सामन्तवाद विरोधी नेपालि जनताको मुक्तियुद्धमा अग्रमोर्चामा रहने गरेका छन्।
निर्वाचन जितेर काठमाडौं आएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे ।
उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बताएको छ।
पछिल्लो समय उनि जन्डिसको बिरामीले पनि थाल परेको पारिवारिक श्रोतले जनाएको छ।

