Gold
Bangad salyan

स्याङ्जामा एक ब्याक्तिले आफ्नै अण्डकोष काटेर पोलोथिन्मा हालेपछि ,

साउन ८ ,स्याङ्जा – पुतलीबजार नगरपालिका,२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले आफ्नो अण्डकोष काटेका छन्।

उनले घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटेको अवस्थामा प्रहरीले अस्पतालमा पुर्याएको छ।

उनको अण्डकोष पोलोथिन्म हालेर जिल्ला अस्पताल स्याङजामा ल्याईएको थियो। अहिले उनलाई उपचारको लागि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आषिश बस्ताकोटीले बताए।

पारिवारिक श्रोतका अनुसार उनको केहि मानसिक सन्तुलन बिग्रीएको थियो। उनकी श्रीमती दोश्रो विहे गरेर गईसकेकी छिन उनि आफ्ना अन्य परिवारसंग बसेका छन्।