Gold
Bangad salyan

आज सबैभन्दा बढी कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमित फेला ,

साउन ११ ,सुर्खेत – आज सबैभन्दा बढी कर्णाली प्रदेशको दैलेखमा कोरोना संक्रमित फेला परेका छन्।

आज थपिएका नँया कोरोना संक्रमित मध्ये कर्णाली प्रदेशको दैलेख जिल्लामा २५ जना फेला परेका छन् भने सुर्खेतमा ३ ,जुम्लामा १ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घन्टामा १३० जना कोरोनाका नँया संक्रमित थपिएका छन् ,यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ।

तेस्तै विराटनगरमा ‘ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छ ।

ति व्यक्तिहरु कतैबाट आएका पनि होईनन र गएका पनि होइनन १४ जनामा संक्रमण देखिएको हुनाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा सोमबारबाट बन्द गर्ने निर्णयसमेत भएको छ ।