Gold
Bangad salyan

भ्रष्टाचार विरोधी प्रेम सञ्जेलमाथि कर्यकक्षमै कुटपिट ,

साउन १७ ,विराटनगर – श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ।

उनले पछिल्लो समय यता भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका छन्। उनले शहिद हुन तयार छु तर भ्रष्टाचारविरुद्द बोल्न छोडदैन भन्दै आवाज उठाउदै आएका थिए।

उनलाई आफ्नै कार्यकक्षमा कार्यरत कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ।

कुटपिटमा संलग्न सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट सञ्जेलको अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ।