Gold
Bangad salyan

कर्णालीमा निको भएर घर पुगेका जुम्ला र दैलेखका गरि ८ जनामा पुन: कोरोना ,

साउन २१ ,काठमान्डौ – कर्णाली परदेशमा आईसोलेसनमा बसेर निको भई घर पुगेका ८ जनामा पुन कोरोना भाईरस संक्रमणको पुस्टि भएको छ।

कोरना पोजेटिभ हुनेहरुमा जम्लाका ४ जना र दैलेख जिल्लाका ४ जना रहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ८ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना निको भएर गाहार पुगेपछि जुम्ला कोरोना संक्रमणको शुन्य जिल्लमा गनीएको थियो।

तर आईसोलेसनमा उपचार गरि घर पुगेका चार जनामा कोरोना पुस्टि भयो तिवारीले भने।

तेस्तै दैलेखका पनि निको भएर घर पुगेका चार जनामा कोरोना देखिएको छ संक्रमित सबैलाई आईसोलेसनमा राखेर उपचार गर्न सुरु भएको छ।