Gold
Bangad salyan

प्रधानमन्त्री ओली र मोदी बीच टेलिफोन वार्ता उठ्ला त कालापानी विवाद संवाद ,

साउन ३१ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आज टेलिफोन वार्ता गरेका छन्।

भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

कालापानी लिपू लेख लिम्पियाधुराको विवाद पछि पहिलोपटक ओली र मोदिबिच टेलिफोन वार्ता भएको हो।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने छ ।