Gold
Bangad salyan

काठमान्डौमा १७२ जना कोरोना संक्रमित थपिए ,

साउन ३२ ,काठमान्डौ – गत २४ घन्टामा उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना नँया कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

घना बस्ति भएको स्थानमा कोरोना संक्रमित बढ्दै जानु भनेको कोरोना खतराको संकेत रहेको समेत मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

साथै कोरोनाले बालक बुढो धनि गरिन नभन्ने र दिर्घ रोगिलाई मात्र असर गर्छ भन्ने मानसिकता हटाउन समेत मन्त्रालयले जनहितमा जारि संदेश गरेको छ।