Gold
Bangad salyan

आज थप ५८१ जना कोरोना भाईरसका बिरामी फेला ,

भदौ १ ,काठमान्डौ – विगत २४ घन्टामा नेपालमा ५८१ जना कोरोना भाईरसका बिरामी फेला परेका छन्।

जस मध्ये ४०८ जना पुरुष छन्, भने १७३ जना महिला छन्। तेस्तै पछिल्लो समय १६० जना डिस्चार्ज भएका छन्।

हाल नेपालका जिल्ला प्रदेश स्थानीयमा गरि ९ हजार ६३९ जना सक्रिय बिरामी रहेका छन् भने ७ हजार ३८ जनाको आईसोलेसनमा उपचार भैरहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताएका छन्।

यो संगै नेपालमा आजको मिति सम्म कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको हो भने १७ हजार ४६९ जना डिस्चार्ज भईसकेका छन्।

तेस्तै देशका विभिन्न क्वारेइन्नटाईनमा १५ हजार १९८ जना बसिरहेका छन्। मन्त्रालयका अनुसार २४ घन्टामा ११ हजार ५ सय पीसीआर परिक्षण गरिएको छ।

५६४ जना रेडजोनमा रहेको मन्त्रालयले जनाएको छ ।