Gold
Bangad salyan

कोरोनाबाट थप ३ जनाको मृत्यु भएपछि मृतकको संख्या १०७ पुग्यो ,

भदौ १ ,काठमान्डौ – विगत २४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएपछि मृतकको संख्या १०७ पुगेको छ।

रौतहटका ३२ वर्षीय एक पुरुष ,मोरङ्ग जिल्लाका ६० वर्षीय एक पुरुष र काठमान्डौमा ५८ वर्षीय एक महिलाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो।

पछिल्लो समय कोरोना संक्रमितको घरमा संक्रमित ब्यानर राखीएको पाईएको भन्दै स्वास्थ्य मन्त्रालयले आपति जनाएको छ।

यस्तो कुराले समाजमा बालक देखि अन्य नागरिकमा सकारात्मक सन्देस जाने हुनाले यस्तो हर्कत नगर्न गराउन मन्त्रालयले जनाएको हो।