Gold
Bangad salyan

आज मध्यरातदेखि काठमान्डौमा निषेधाज्ञा जारि, प्रशाशन कडा रुपमा प्रस्तुत हुने ,

भदौ ३ ,काठमान्डौ – उपत्यकाका तिन जिल्लामा आज बुधबार मध्यरातदेखि निषेधाज्ञा जारि गरिएको छ।

पछिल्लो समय उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित बढ्दै गएपछि राजधानीका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्लाले संक्रामक रोग ऐन को दफा २ एवम स्थानीय प्रशाशन ऐन २०२८ को दफा ६(,३ ) बमोजिम जिल्लामा निषेधाज्ञा जारि गर्ने निषेधाज्ञा गर्नलागेको हो।

उपत्यकामा औषधि ,खाद्यवस्तु तथा अन्य अत्य्वास्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि ब्याक्ति घरबाट बाहिर निसकाना पाउने छैनन्।

यदि अत्याबस्यक कामको लागि निक्लन परेमा माक्स अनिवार्य लगाउनुपर्ने छ। अत्यावस्यक वस्तु तथा सेवा बाहेकका नया कुनै प्रकारका व्यापार व्यवसाय संचालन गर्नपाउने छैन्न।

अत्यावस्यक सामग्री ढुवानी ,स्वास्थ्य सामाग्री ,सुरक्षा निकाय बाहेकका सवारी साधनमा रोक लगाईएको छ भने फुट फातमा ब्यापार व्यवसाय गर्न मिल्ने छैन,होटेल ,पसल ,ब्युटिपार्लर ,गोष्ठी तालिम सांकृतिक कार्यक्रम ,मेला महोत्सव आदि रोक लगाईएको छ।

बैङ्क लगायत निकायले न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गरि स्सेवा दिन सक्ने छन्।

तर यस यसपटक भने नागरिकले बन्दको अबज्ञा गर्ने भिड भाडमा जाने ,माक्स नलगाउने ,सुरक्षकर्मीलाई झुक्याई अवरोध गर्ने गराउने जो कोहिमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्लाले बताएको छ।

उपत्यकामा हिजो मात्र २०५ जनामा कोरोना संक्रमित फेला परेका छन्।