Gold
Bangad salyan

नेपालले एक साहित्य विशिष्ट साधक गुमाएको छ प्रधानमन्त्री ओली ,

भदौ २ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि मधवा घिमिरेको निधनप्रति दुख ब्यक्त गरेका छन्।

घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ ओलीले भनेका छन्।

तेस्तै घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने पनि ओलीले बताएका छन्।

Image may contain: 3 people, text that says 'KP Sharma Oli @kpsharmaoli राष्ट्र कवि माधवप्रसाद धिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ उहाँको अवसानबाट नेपालले साहित्य र वाडमयका एक विशिष्ट साधक गुमाएको छ| साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्ये भुले छैनन्|...+ ..+ Translate Tweet 8:14 PM 8/18/20 Twitter for iPhone 442 Retweets 3,377 Likes 56 Quote Tweets KP Sharma Oli @kpsharmaoli 12h Replying to @kpsharmaoli शोकको यस क्षणमा उहाँप्रति उच्च सम्मान श्रद्धाज्जलि व्यक्त गर्दछ साथै शोक सन्तप्त परिवार आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु। 56 749'

उनको शोक क्षणमा उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना ब्यक्त गर्दछु ओलीले भनेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हिजो १०२ वर्षको उमेरमा आफ्नै निवासमा ५ बजेतिर निधन भएको थियो। उनि केहि समयदेखि बिरामी हुँदै आएका थिए। उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमेरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

नेपाली हामि रहला कँहा नेपाली नरहे बोलको गित उनको निधनमा जताततै बजेको छ। तेस्तै  घिमिरेले आफु मर्न भन्दा पहिले लेखेको गित यसरि होस् मरण बोलको गितले सबैलाई स्तब्द बनाएको छ। उनको अन्त्यस्टि आज हुने जानकारी छ।