माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीलाई कोरोना पुष्टि,
भदौ ६ ,काठमान्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेता नेपाल र उनका परिवार सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ। संक्रमित सबैलाई आईसोलेसनमा पठाईसकेको गौमतले जानकारी दिए।

