Gold
Bangad salyan

६३४ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या १४६ पुग्यो ,

भदौ ६ ,काठमान्डौ – आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

तेस्तै देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५१९ जनाको स्वाब परिक्षण गर्दा सो संख्या फेला परेको हो।

तेस्तै आज उपत्यकाका विभिन्न जिल्लामा काठमान्डौमा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना फेलापरेका हुन् ।

विगत २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन् ,नेपालमा आजको मितिसम्म कुल कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

तेस्तै विभिन्न जिल्लामा ९ जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या १४६ पुगेको छ।