उपत्कामा आजपनि २२४ जना कोरोना संक्रमित फेला ,
भदौ ८ ,काठमान्डौ – आज उपत्यकामा २२४ जना कोरोना संक्रमित फेला परेका छन्।
काठमान्डौमा ,१७७ जना ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उपत्यकामा १५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ति सबै बागमती प्रदेशका हुन् ,भने १३८ जनाको आईसोलेसनमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय चिकित्सक ,स्वास्थ्यकर्मी नर्समा कोरोना संक्रमित फेला पर्दै गएको पनि मन्त्रालयले जनाएको छ।
स्वास्थ्यकर्मीनै संक्रमित बढ्दै जानुले थप बिरामीलाई कस्टकर हुने हुँदा स्वास्थ्य मापदण्डले तोकेका रबटको बुट, पीपीई ,पन्जा ,चस्मा ,अप्रुनआदि अनिवार्य प्रयोग गर्न र सो सामान उपलब्ध छैन भने सम्बन्धित मेडिकल सुपरिटेण्डेन संग सम्पर्क गर्न पनि अनुरोध गर्न मन्त्रालयले आग्रह गरेको छ।

