जुम्लामा चट्याङ लागेर पाँच सय भेडा मरे ,
भदौ ९ ,जुम्ला – सोमबार जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा लागेर पाँच सय भेंडा मरेका छन्।
बागजालेम सामुदायिक वन अन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा चरण गरिरहेका स्थानीयवासी विष्णु बुढा, र जयबहादुर बोहोरा लगायत किसानगरुका भेंडा मरेका हुन्।
क्षतिको विवरण अझै यकिन नभएको पातारासी,४ का वडाध्यक्ष कालीबहादुर रावतले बताए। जुम्लाको पातारासी क्षेत्रका अधिकांस बासिन्दाको मुख्य आम्दानी श्रोत भनेको भेडापालन हो।
एकै पटक यति धेरै भेडा मरेपछि किसान चिन्तित मात्र नभई रोजीरोटको जोहो गर्न समेत कठिनमा परेका छन्। जुम्लामा गत वर्षपनि चट्याङ लागेर किसानका २४० बढी भेडा मरेका थिए।

