Gold
Bangad salyan

उपत्यकामा १६ गते सम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस,

भदौ ९ ,काठमान्डौ – जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी र तिन जिल्लाका उपत्यका मेयरहरुबीच भएको बैठकले काठमाडौं, ललितपुर ,र भक्तपुरमा १७ गते सम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी भईरहेको छ।

उपत्यकामा गत ३ गते देखि १० गते मध्यरातिसम्म तीन जिल्लामा जारि निषेधाज्ञा भोलि बुधबार मध्यारात १२ बजे सकिदै छ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भनदै कडाई गर्ने तयारी भईरहेको प्रशासनले बताएको छ ।

काठमान्डौमा बाहिरबाट कुनै व्यक्ति नआएपनि दैनिक जस्तो कोरोना संक्रमित थपिदै गएको हुँदा एक साता निषेधाज्ञा गरि आइसोलेसन सेन्टर बढाउन सकिने प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएको छ ।