भदौ १६ बाट गरिने चार्टर्ड उडानको तालिका तय,
भदौ ९ ,काठमान्डौ – सरकारले भदौ १६ बाट गरिने नियमित चार्टर्ड उडान संचालनको तालिका तय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका स्वीकृत गरी कार्यान्वयनका लागि मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो ।
मन्त्रलयले उडानका लागि पहिले पीसीआर परिक्षण सम्भव हुने मुलुकबाट उडानको अनुमति दिएको बताएको छ।
उडानमा पीसीआर रिपोर्ट नेगेटिभ भएका नागरिकलाई मात्र ल्याउन सर्त राखीएको छ भने रिपोर्ट नेगेटिभ भएका सबै नागरिक नेपाल आएर १४ दिन अनिवार्य होम क्वारेईनटाईनमा बस्नुपर्ने छ।
तेस्तै यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ संकट व्यवस्थापन केन्द्र एलसिसिएमसीले गर्ने बताईएको हो।
नियमित उडान गर्ने व्यक्तिले जहाज चढ्नु भाड्न ७२ घण्टा पहिले पीसीआर रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने छ भने कोभिद १९ व्यवस्थापन सिसिएमसीको वेवसाईडमा अफरमा भरि उक्त डिटेलको कपि प्रिन्ट गरि नागरिकले एक प्रति अनिवार्य ल्यौअनुपर्ने छ।

