Gold
Bangad salyan

रुकुम पश्चिममा लागूऔषध कारिलाई प्रहरीले गोलि हानेर ढाल्यो ,

भदौ ९ ,रुकुम पश्चिम – प्रहरीले गोलि प्रहार गरि रुकुम पश्चिममा अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पश्चिम् रुकुमको मुसिकोट नगरपालिका वडा न. ११ का बर्ष २५ का निर्मल पुनलाई लागूऔषधको ब्यापार गरिरहेको थाहा पाएपछि जिल्ला प्रहरीलेले सोधपुछ गर्दा प्रहरीमानै आक्रमण गरेपछि प्रहरीले गोलि हानेर पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यलय रुकुम पुर्वको टोली अबैध लागूऔषध कारिलाई पिछा गर्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ ठारढुङगा सम्म पुगेको थिय।

लागूऔषध ओसारपसार गरिरहेको विशेष सुराकीको आधारमा पूर्वी रुकुम प्रहरीलेले पश्चिम रुकुम प्रहरीसंग पनि समन्यव गरेको थियो।

दुबै जिल्लाको सयुक्त प्रहरीले निर्मल पुनलाई खोजीरहेको थियोे, उनिहरु भागन्न थालेपछि र प्रहरीलाई नै आक्रमण गर्न थालेपछी प्रहरीले निर्मल पुनको खुट्टामा गोली चलाएको थियो।

प्रकाश पुन फरार रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसिले जानकारी दिएका छन । सोही क्रममा सोही वडाका ३५ वर्षीय लक्ष्मी पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको साथबाट केही परिमाणमा अफिमलगायत सामग्री बरामद गरेको बताएको छ ।

फरार रहेका प्रकाश पुनको खोजीकार्य भैरहेको डिएसपी केसिले जानकारी गराएका छन र प्रहरीको गोली लागेर घाइते भएका निर्मल पुनलाई उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।