आज ८८५ जना कोरोना संक्रमित फेला ,
भदौ १० ,काठमान्डौ – आज नेपाल भरि ८८५ जना कोरोना संक्रमित फेला परेका छन् , जसमा ५८६ पुरुष र २९९ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। कोरोना संक्रमित गत २४ घन्टामा ३८५ जना डिस्चार्ज भएपछि कुल निको हुनेको संख्या १९ हजार ५०४ पुगको हो।
तेस्तै आज कुल १३ हजार २५३ जनाको पीसीआर परिक्षण गरिएको छ भने ९ हजार ८३२ जना देश भरका क्वारिनटिनमा रहेका छन् भने ५८३ जना रेड जोनमा हाल सम्म रहेको प्रवक्ता जागेस्वर गौतमले जनाए।
हाल देशभर १४ हजार ७३९ जना आईसोलेसनमा रहेका छन् ,ति मध्ये संस्थागत आईसोलेसनमा ८ हजार ७११ र होम आईसोलेसनमा ६ हजार २८ जना रहेको स्वस्थ्य मन्त्रालयले जानाकरी गरेको छ।

