काठमान्डौमा भुकम्पको धक्का,
भदौ १० ,काठमान्डौ – आज काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश गरिएको छ।
बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले स्पष्ट पारेको छ ।

