उपत्यकामा १७ गते सम्म निषेधाज्ञा कायम ,
भदौ १० ,काठमान्डौ – काठमान्डौ उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गते गते राति मध्यरात १२ बजे सम्मको निषेधाज्ञा १७ गते सम्म थप्ने निर्णय गर्दै मंगलबार गृहमन्त्रालयमा सिफारिस पठाएको थियो। बुधबार गृहमन्त्रालयले सो निर्णय सिफारिस गरेको हो।
तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म गरेको निषेधाज्ञाको आज समाप्त हुँदै छ । उपत्यकामा निषेधाज्ञाको समयमा अत्यावस्यकबाहेकका सेवा सबै ठप्प रहने छन्।
पानि ,खाद्यान फलफुल तरकारी पसल बिहान ९ : १५ सम्म खुल्ला हुने छन् भने औषधि,स्वास्थ्यसामग्री जस्ता अत्य्वास्यक २४ घण्टा खुल्ला रहने छन्। निषेधाज्ञाको समयमा पनि उपत्यकामा दैनिक कोरोना संक्रमि बढिरहेका छन्।
आजपनि उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण फेला परेको छ भने उपत्यकामा संक्रमितको संख्या ३ हजार नाघिसकेको छ जसमा सबै भन्दा बढी काठमान्डौमा २८ सय बढी संक्रमित फेला परेका हुन्।
सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। अहिले विभिन्न प्रदेशका स्थानीय तहमा पनि निषेधाज्ञा जारि छ।

