प्रहरीले बरामद गर्यो गोरुको टाउको खुट्टा स्थानीयले अबरोध गरेपछि गोलि चलाईयो ,
भदौ १० ,काँकडभिट्टा- गोरु काटेको जानकारी पछि पुगेको प्रहरीलाई झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासीले अवरोध गरेका छन्। कामाटोली झापाको मुसलमान बाहुल्य क्षेत्र मानिन्छ।
प्रहरीमा स्थानीय जाईलागेपछि प्रहरीले फ़ाईरिङ्ग गरेको बताएको छ। गोली लागि कामाटोलीका ३८ वर्षिय रमिफुन आलम सख्त घाइते भएका छन् उनको विर्तामोडस्थित बिएमसी अस्पताल उपचार भईरहेको छ।
प्रहरीले गोरु काटेको स्थानबाट गोरुको टाउको खुट्टा फेलापारी फर्किने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए ।
स्थानीयले ज्यादती गरेपछि गोलि चलाईएको हो स्थानीयको आक्रमणबाट एक जना सशस्त्र प्रहरी गम्भीर घाइते भएको श्रेष्ठले बताए ।
उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ । स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सयौ संख्यामा स्थानीयहरुले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ, ।

