बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृ,त्यु ,
भदौ ११ , वुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृ,त्यु भएको छ ।
कपिलवस्तु,१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति १०:४५ बजे मृ,त्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। मृतकमा उच्च रक्तचाप ,मधुमेह र मृगौलाको समस्या भएको थापाले जनाए।

