प्रदेश अस्पताल सुर्खेतको आकस्मिकसेवा बाहेकका सबै सेवा बन्द ,
भदौ ११ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतका स्वास्थ्यकर्मी, चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालका आकस्मिकसेवा बाहेकका सबै सेवा बन्द गरिएको छ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा पीसीआर परिक्षणमा पोजेटिभ देखिएको हो।
स्वास्थ्यकर्मीनै यसरि कोरोना देखिएपछि सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमणको उच्च जोखिम नहोस भन्दै अस्पतालका आकस्मिक बाहेकका सबै सेवा केहिदिन्को लागि बन्द गरि एको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

