Gold
Bangad salyan

श्रोत नखुलेको २८ लाख रकम सहित युवक प,क्राउ ,

भदौ ११ ,रौतहट – प्रहरीले रौतहटको इशनाथ नगरपालिकाको ९ लवतनामा श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।

भारतबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाल भारत सिमानाकामा लवतनातर्फ आउँदै गरेका इशनाथ,९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए ।

बाईकको विभिन्न भागमा लुकाईएर राखीएको अवस्थामा सो रकम फेला परेको र युवकलाई नियन्त्रणमा लिएर चेक जाँच भईरहेको ओलीले बताए।