आज मात्र ११११ ,कोरोना संक्रमित थपिए,
भदौ ११ ,काठमान्डौ – नेपालमा आज मात्र ११ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जान्कारो गरेको हो ।
यो सँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएपछि कुल निको हुनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १५ हजार २७३ जना सक्रिय बिरामी रहेका छन्, भने होम तेस्तै आईसोलेसनमा रहनेको संख्या ६२१० र संस्थागत आईसोलेसनमा ९०६३ रहेको छ।देशभरका क्वारिनटिनमा ९४८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

