बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृ,त्यु
भदौ १२ , तिलोत्तमा -रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृ,त्यु भएको छ ।
तिलोत्तमा,८ का ६० वर्षीय पुरुषको बिहीबार राति साढे २ बजे मृ,त्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।
भदौ ७ गते अस्पतालमा भर्ना भएका उनको अवस्था सामान्य थियो। समस्यामा थप समस्या भएपछि १० गतेबाट भेन्टिलेटरमा राखी उपचार गरिएको थियो।
,उनको फोक्सोको समस्याका कारण श्वासप्रश्वासमा गाह्रो भएर ज्यान गएको चिकित्सक बताउछन ।
मृतक मधुमेहका बिरामी रहेको थापाले जानकारी दिए ,अहिले कोरोना विशेष अस्पतालको आईसीयूमा १५ बिरामीको उपचार भईरहेको छ भने दुई जना भेन्टिलेटरमा छन् ।

