बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मात्र तिन जना संक्रमितको मृत्यु ,
भदौ १२ ,जनकपुर – सिरहाका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृ,त्यु भएको छ ।
सिराहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृ,त्यु भएको हो ।
कोरोनासंग मिल्दा जुल्दा लक्षण देखापरेका उनलाई भदौ ६ गते धरान पुर्याईएको थियो सोहिदिन स्वाब संकलन गरिएको थियो भने भदौ ८ गते रिपोर्ट पोजेटिभ देखिएको थियो ।
रिपोर्ट आएको तीनदिनमा बिहिबार राति ७ बजे उनको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
स्वास्थ्यमा थप जटिल भएपछि उनलाई आईसियुमा राखेर पनि उपचार गरिएको थियो ,योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ५ पुगेको छ, भने आज बिहान मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ।
झापाको दमक,३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी,५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो। ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए ।
उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए ।
तेस्तै कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी ५६ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको छ। उनीमाथि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

