चितवनमा दुई कोरोना संक्रमितको निधन ,
भदौ १२ ,चितवन – चितवनमा आज मात्र एक महिला र एक पुरुषको गरि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा मकवानपुर १९ हेटौडा हेटौंडा उपमहानगरपालिकाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको छ ।
पुरुष लामो समयदेखि दमका बिरामी रहेको पुष्पाञ्जली अस्पतालका कोभिड,१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जनाए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै ज्यान गएको पाण्डेले जानकारी दिए।

