Gold
Bangad salyan

नेपालमा कोरोना भाईरसको भ्रम र यथार्तता ,

भदौ १३ काठमान्डौ – अहिले विश्वमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को कारण विश्वनै आक्रान्त छ। हाल विश्वमा कोरोनाबाट २ करोड ४७ लाख संक्रमित बिरामी छन भने ८ लाख ३६ हजार ११२ जनाको मृत्यु भईसकेको छ ।

जसको असर नेपालमा पनि प्रतक्ष परिसकेको छ। नेपालमा हाल सम्म कोरोना भाईरसका संक्रमित बिरामी ३७ हजार नजिक छन् ,भने जसबाट आजको मिति सम्म १९५ जनाको निधन भईसकेको छ।

सरकार र स्वास्थ्यविज्ञको सल्हालाई मान्य हो भने अहिले कोरोना समुदायस्तरमा फैली सकेको देखिन्छ  । नागरिकले वेवास्ता गरे जसको असर नेपालमा थाम्नै नसकिने भयावह हुने खतरा छ।

कोरोनाको बारेमा यथार्तता के हो हामि र नागरिकलाई लागेको चासोमा ल्याव टेक्नाेलाेजिष्ट जनक मगरसंग रंग दर्पणले केहि संवाद गरेको छ ।जसमा,

के हो कोरोना भाईरस ,?

गत डिसेम्बर महिनाबाट चीनको वुहान शहरमा फैलीएको नोवेल कोरोना भाईरस चमेरोको मासु मानिसले खाँदा उक्त चमेरोबाट भाईरस फैलीएको हो भन्ने चिनियाँका अनुुुसन्धान कर्मी बताउछन तर ठोस तथ्य यो पनि अनुसन्धानमै छ ,।

यो एक परजीवी भाईरस हो जसले मानिसमा तुरुन्तै आक्रमण गर्यो र छोटो समयमा संसारका थुप्रै देशमा फैलियो।यो रोग केहि वर्ष पहिले पनि थाईल्याण्डमा देखिएको थियो।

यो भाईरसले कस्ता ब्याक्तिलाई अलि गारो हुन्छ ? 

कोरोनाले ठुला साना बिरामी धनि गरिब भन्दैन यो सबैमा देखा पर्छ, तर ६० वर्ष र सो भन्दा माथिका उमेरका ब्याक्तिलाई अलिक गारो हुन्छ।किन कि उनीहरुको ईम्युनिटि पावर कम हुन्छ किन कि उनीहरुले कुनै न कुनै कारणले आफुहरुले औषधि सेवन गरिरहेका हुन्छन।तेस्तै धेरैजस्तो ,दिर्घ रोग जस्तै- सुगर प्रेसर लामो समय देखि ओखति खादै गरेको,दम,मृगौलाको रोगबाट ग्रसितलाई निकै खतरा हुने गर्दछ ।

नेपालमा कोरोनाको खतरा विदेश जतिकै कतिको छ ?

नेपालमा पनि समुदायस्तरमा कोरोना फैलिसकेको छ ,नागरिकले वेवास्ता गरेको देखिन्छ अहिले नेपालमा दैनिक ९ सयको हाराहारीमा संक्रमित देखिनु मजाक होइ।एक दुई हुँदै हजार लाख पुग्ने हो।

तेसैले यो रोगबाट बच्नु भनेकै आफै सचेत हुनु र सामाजिकदुरी कायम राख्नु ,माक्स निरन्तर प्रयोग गर्नु संक्रमित ब्याक्तिको नजिक नजानुनै हो ।

हाल सम्म धेरैजस्तो स्वासप्रश्वासबाटनै एक अर्कामा भाईरस फैलीएको विज्ञहरुको तथ्य छ तेसैले हामीले पनि नागरिकलाई माक्सको प्रयोग अनिवार्य गर्न सुझाव दिएक छौ ।

माक्स पर्यो गर्दा ९५ के माक्स लगाउन जरुरि छ वा कपडाको माक्स जसलाई नाक मुख टमक्क ढाक्ने गरि आँखामा चस्मा लगाउने अनिवार्य जरुरि छ।

मेडिकलमा पाईने माक्सले भने कोरोना रोक्दैन किन कि त्यो युनिभर्सल सटिफाई माक्स होइन। तर नेपालमा ६० वर्ष उमेरका नागरिक कम छन् ।

त्यो भन्दा तलका सबैको उमेरमा ईम्युनिटि पावर बढी हुन्छ। ,हाम्रो नेपालको खानपिन र जडिबुटी प्रयोगले पनि केहि फरक पार्छ र कोरोना भाईरसलाई जित्न सकिन्छ भन्ने हामि सबैको विश्वास हो।

जनताको गुनासो रिपोर्ट ढिलो आउछ, ?

रिपाेर्ट किन ढिलाे भने हामि सङ्ग ९० टेस्ट गर्न 6-8 घण्टा लाग्छ, पुन पाेजेटिभ आय पुन चेक गरेर दिन समय लाग्छ। उता एक जनालाइ पोजेटिभ आउदा कन्ट्राक ट्रेसिङ उस्को नजिक को २० -३० -१०० जना सम्म को सेम्पल आउछ । हिसाब गर्नुस १० जना पोजेटिभ आय कति जनाको संकाको भरमा गरिन्। तेसैले सेम्पल भोलम यतिको रिपोर्ट दिन बाँकी हाम्रो ७ -८०० पेन्डिङ हुन्छ। यसरि लोड भको हो।मृतक कित मृगौला मुटु दम साथै स्वाश्प्रश्वासको रोगि हुन सक्छ यसरि अनि सेम्पल भोलम निकै भयर रिपोर्ट ढिलो अबस्य भको हो । यदि तेसो नभए सम्म एक दिनमा पनि रिपोर्ट दिन सकिन्छ।

रक्सिले कोरोना लाग्दैन भन्छन नि कतिको सत्य हो?

रक्सीले झनै खतरा बढ्ने गर्दछ ,रक्सीमा ३० देखि ४० प्रतिशत अल्कोहलको मात्र हुन्छ यसले भाइरस मर्दैन।

ईथानोल ७० प्रतिशत माथिको केमिकलले भाईरसलाई मार्छ,निमोनिया हिमोफिलस ईन्फुलुन्जा खोपले कोरोना भाईरस विरुद्द रोकथाम झैँ गर्न सक्दैन।

कोरोनाका लक्षण कस्ता कस्ता खालका देखा पर्ने गर्दछन,?

उच्च ज्वरो १०२ डिग्री भन्दा माथि पुग्ने गर्दछ ,
सुख्खा खोकी लाग्नु घाँटीमा समस्या आउनु ,
लामो समय रुघा लाग्नु नाकबाट सिगान बग्नु ,
आँछ्यु आउनु शरीर दुख्नु आदि ,

बच्ने उपाए ,?
दैैैैनिक जस्तो  मन तातो पानि प्रसस्त पिउने, गर्नुपर्दछ ,दुध पिउने ।
प्रसस्त आराम गर्नु दैनिक भिटामिन युक्त खाने कुरा खाने साग पातको नियमित पर्योग गर्ने झोल खाने कुरा खाने आदि ।

दैनिक साबुन पानीले  हात धुनु ,सेनिटाईजरको प्रयोग गर्ने,सरसफाई गर्ने सामाजिकदुरी कायम गर्ने माक्सको प्रयोग तथा स्वास प्रश्वासमा समस्या देखापरेका ब्याक्तिको नजिकमा नजाने ।

दोश्रो व्याक्तिसंग हात नमिलाउनुहोस ,काम बाहेक जिव जनावरबाट पनि टाढा रहनुहोस ,पानि सँधै तताएर मात्र पिउनुहोस ,आदि  ।

नोवेल कोरोना भाईरसको उपचार सम्भव छ ,?
कोरोना भाईरसको उपचार हाल सम्म सम्भव छैन ,यो परजीवीले देखाउने लक्षणलाई मात्र रोकथाम गर्ने हो।

बिरामीलाई लक्षणको आधारमा उपचार  गर्ने हो ,साथै भाईरस विरुद्द हाल सम्म कुनै खोप बनिसकेको छैन ,बनाउने तयारि छ यदि खोप सम्भव भए नेपाल सरकारले ट्राएलको रुपमा प्रयोग गर्छ।

कोरोना भाईरसको खोप निर्माण र परिक्षणको लागि आज विश्वका वैज्ञानिक निरन्तर अनुसन्धानमा छन् ,नेपालले पनि पछ्याईरहेको छ र नँया अनुसन्धानमा छ।

ल्याब टेक्नोलोजिस्ट
जनक मगर

हाल वाग्मती प्रदेश ३ मा कार्यरत हुनुहुन्छ ।