नेपालगञ्जमा आफ्नै सालो अपहरण गरि ससुराबाट दश लाख फिरौती माग्ने पक्राउ ,
भदौ १३ , नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडान १६ निवासी २७ वर्षीय कल्लु भनिने कलिम खाँले आफ्नै सालो खजुरा गाउँपालिका वडान ५ निवासी इशहाक जाकिर भनिने इन्तजार खाँलाई अपहरण गरि ससुरासंग दश लाख रिरौती माग्र्पछी प्रहरीले पक्राउ गरेको छ।
ससुराले जग्गा खरिद गर्नको लागि घरमा दश लाख पैसा जम्मा गरेको थाहा पाएपछि ज्वाइँ कलिमले आफ्नै १३ वर्षिया सालो इन्तजारलाई भदौ ९ गते साढे ८ बजेतिर अपहरण गरि जयसपुरस्थित आफ्नो घर कोठामा बन्धक बनाई फोन सम्पर्कमार्फत ससुरालाई धम्कौदै १० लाख माग्दै आएका थिए ।
इन्तजार गाउँमा मुहर्रमकाे रमाईलो हेर्न गएको मौका छोपेर कलिमले उनलाई अपहरण गरेको बाँके प्रहरीले जानकारी दिएको छ । बालक अपहरणमा अपरेको र अपहरणकारीले १० लाख फिरौती माग्दै आएको सुचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले खोजि गैरहेको सुचना जानकारी पाएपछि कलिमले ११ गते सालोलाई जानकी गाउँपालिका वडा नं ५ बुढिया गाउँस्थित फुपुको घरमा लगेर छोडेका थिए। प्रहरीले तेही ठाँउबाट बालकको उद्दार गरेको छ।
ससुराले जग्गा किन्न जम्मा गरेको पैसा बालक अपहरणको नाटक गरि फुत्काउने सुरमा रहेका ज्वाइँ कलिमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।
प्रहरीले अपहरणकारीले प्रयोग गरेको एउटा मोटरसाईकिल र धम्किमा प्रयोग गरेको एक थान मोबाईल पनि साथबाट फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काकाले बताए।
अपहरणकारीलाई मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धक सम्वन्धी कसुरको दफा २१३ मा ७ वर्षदेखि १० वर्ष कैद सजाए र ७० हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ।

