रुकुम पश्चिममा थप चार जनालाई कोरोना पुष्टि ,
भदौ १४ ,रुकुम – रुकुम पश्चिममा थप चार जनालाई कोरोना पुष्टि भएको छ। आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना पुरुष र १ महिलामा संक्रमन पुष्टि भएको हो ।
उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।
गत साउन ९ गते मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयबाट १ सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
जसमा १२० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ। संक्रमित चार जनालाई नगरपालिकाले वडा नम्बर १ सल्लेस्थित राप्ती समाज अस्पतालको आईसोलेसनमा राख्ने तयारी गरेको छ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । आज थपिएका चार संक्रमितसहित अब जिल्लामा ३४ सक्रिय संक्रमित रहेका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिए ।

