आज देशभर १०६९ जना संक्रमित फेला कुल संक्रमित संख्या ४१ हजार नजिक ,
भदौ १६ ,काठमान्डौ – नेपालमा आज थप १०६९ जना कोरोना संक्रमित फेला परेका छन।
देशका विभिन्न प्रयोगशालामा गरिएको १२८८ पीसीआर परिक्षणमा ७२५ पुरुष र ३४४ जना महिला कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
आज सम्म देशभर १८ हजार ११२ हजार सक्रिय कोरना संक्रमितको उपचार भईरहेको छ। गत २४ घन्टामा ७६८ जना डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या २२१७८ पुगेको हो।
तेस्तै देशभरका क्वारिनटिनमा ७ हजार ३९० रहेको प्रवक्ता जागेस्वर गौतमले बताए।
आजको दिन सम्म देशभर ४० हजार ५२९ जना कुल कोरोना संक्रमित पुगेका छन् ,संस्थागत आईसोलेसनमा १०८३२ र होम आईसोलेसनमा ७२८० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

