सारिका केसी र आलोक साउदको पित्तल रोजेउ म्युजिक भिडियो ,बजारमा सर्वत्र चर्चा ,
भदौ १६ ,काठमान्डौ – पितल रोजेउ बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छोटो समयमानै चहलहल हुन थालेको छ।
किन कि झन्डै ६ महिनाको कोरोना सन्त्रासमा यो गित दर्शकले सुन्न र आनन्द लिन पाएका हुन्। वास्तविक प्रेमलाई चिन्न नसक्दा त्रिपक्षिय प्रेम प्रेमिकाको मिलन बिछोडमा यो गितलाई निर्माण गरिएको बुझिन्छ।
मोडल सारिका केसी र आलोक जङ्ग साउदको दमदार अभिनित पितल रोजेउको गितलाई धनराज चुनाराले संगीत गरेका हुन् भने देव बोहराले शब्द कोरोना छन्।
चर्चित गायिका स्मृति शाही र सुप्रिमराज विकको स्वरमा रहेको गितलाई चित्र मास्की मगरले निर्देशन गरेका हुन्।
हरिस महराको छायांकनलाई रबिन बिकले गितको सम्पादन कलर रंग रोगन गरेका छन्। गितमा प्रमेश घिमिरे र सिखा साउदलाई पनि फिचारिङ्ग गरिको छ।

