Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितको मृत्यु बढ्दो ग्राफ आजपनि ११ जनाको निधन ,

भदौ१६ ,काठमान्डौ – आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। महोतरीको ४ वर्षीय बालिकाको मृत्यु भएको छ भने बाँकी दश जना पुरुष रहेका छन्।

जसमा महोतारिका अर्का ३७ वर्षीय पुरुष ,सिरहामा ६५ वर्षीय पुरुष ,बाराका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

तेस्तै पर्सामा कोरोनाबाट ३ जना पुरुषको मृत्यु भएको छ जसमा ५३ ,८० र ६० वर्षका ब्याक्ति छन्।

चितवनमा ५२ वर्षीय काठमान्डौको ७०,३५ वर्षीय र मकवानपुरमा अ५८ वर्षाका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यो संगै नेपालमा हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या २३९ पुगेको छ ,यो कुल संक्रमित संख्याको ०.५९ प्रतिशत हो र मृतकको प्रतिशत बढ्दो भएको स्वास्थ्य मन्त्रालयले बताएको हो।