उपत्यकाको मोडालिटी परिवर्तनमा निषेधाज्ञा २४ गते सम्म थप ,
भदौ १७ ,काठमान्डौ – उपत्यकामा जारि निषेधाज्ञा केहि मोडालिटी परिवर्तन गरि एक साता लंब्याउने निर्णय भएको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसंग छलफल गरेर उपत्यकामा २४ गते सम्म निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
अब भने नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।
यसपटक थपिएको निषेधाज्ञामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ ।औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि खुल्ला गरिएका छन।
तेस्रो पटकको निषेधाज्ञामा के कस्ता कुरालाई छुट हुने भनें बारे केहि छिन पछि सुचना जारि गरिने एक प्रमुख जिल्ला अधिकारीले बताए। भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति आज १२ बजे सकिँदै छ ।

