रौतहट पुजारी हत्या प्रकरण दुई अभियुक्त सार्वजनिक चारजना अझै फरार ,
भदौ १७ ,रौतहट – रौतहट पुजारी हत्या प्रकरणमा प्रहरीले दुई अभियुक्तलाई सार्वजानिक गरेको छ भने वडाअध्यक्ष सहित चार जना आझै फरार रहेका छन्।
माधवनारायण नगरपालिका,२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको हत्यामा संलग्न दुई जना देवाही गोनाही नगरपालिका,१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई सार्वजनिक गरेको हो ।
अभियुक्तलाई भारतबाट पक्राउ गरेर ल्याएपछि घटनाको रहस्य खुलेको र घटना आर्थिक लेनदेनले घटाईएको खुलेको हो।
नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
त्यस्तै बालकुमार पटेलले घटनास्थित बसेर मानिसको आवत जावतलाई निगरानी गरेको थियो ।
राम नरेश पटेलको बुबाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा बारम्बार विवाद भईरहेने ,समाजमा पुजारीले जहिले पनि फरकमत राख्ने गरेको भन्दै पुजारीको हत्या गरिएको खुलेको हो।
घटना प्रकरणमा अझै देवाही गोदाही नगरपालिका-१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।
माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो ।
पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत, गौरबाट १० दिन म्याद थप गरि कारबाही अगाडी बढाईएको प्रहरीले जानकारी गरेको छ ।

