Gold
Bangad salyan

उपत्यकामा भोलि देखि के गर्न पाईन्छ के गर्न पाईन्न ,

भदौ १७ ,काठमान्डौ – भोलि देखि उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारिएको छ ।काठमान्डौ ,ललितपुर ,भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।

जसमा अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द हुने छन् । अत्यावस्यक काम परेपनि १२ वर्ष मुनिका बालबालिका ६० वर्ष भन्दा माथिका जेस्ठ नागरिक बाहिर निस्कन पाउने छैनन्।

तेस्तै जिल्ला भित्र कुनैपनि सार्वजनिक यातायात संचालन हुन पाउने छैनन्। तेस्तै पुस्तकपसल ,स्टेशनरी ,सभा सम्मेलन ,पार्टी ,शैलुन ,ब्युटिपार्लर ,जिमखाना ,भिडभाड हुने क्षेत्र ,धार्मिकक्षेत्र ,मेला महोत्सव आदि गर्न पाइने छैन।