अहिले सम्म साथ् दिनुभो तेस्कोलागी धन्यवाद प्रधानमन्त्री ओली ,
भदौ १९ ,काठमान्डौ – बिहान ११ बजेबाट प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकीएको छ।
तेस्तै बैठकमा अर्थमन्त्री युवराज खतिवडाको राजीनामाको विषयमा छलफल भएको र उनले साँझ सम्म राजिनामा दिने श्रोतले जनाएको हो।ओलीले अहिले सम्म आफुलाई राम्रो कार्य गरेर सहयोग गरेकोमा धन्यवाद दिएका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।
नेकपाको बिहिबार बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाम सिफारिस गर्ने निर्णय गरेको थियो। सोही अनुसार गौतमको नाम सरकारले रास्ट्रपतिसमक्ष सिफारिस गर्ने छ।

