आज कोरोना संक्रमि झनै बढ्यो १३५६ नँयासंक्रमित फेला, १४ जनाको निधन ,
भदौ १९ ,काठमान्डौ – नेपालमा आज १३५६ जना नँया कोरोना संक्रमित फेला परेका छन् ति मध्ये ४६४ महिला र ८९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
तेस्तै हाल सम्म देशभर १८४०४ सक्रिय संक्रमित बिरामीको उपचार भईरहेको छ ,मन्त्रालयका अनुसार १०९४२ संस्थागत ,आईसोलेसन र ७४६४ होम आईसोलेसनमा उपचार भईरहेको छ।
गत २४ घन्टामा सरकारले देशका विभिन्न प्रयोगशालामा १३६३८ जनाको पीसीआर परिक्षण गरेको बताएको छ। देशभर ६५६१ जना देशभरका क्वारिनटिनम रहेका छन्।
गत २४ घन्टामा १३५४ जना डिस्चार्ज भएपछि कुल २५५६१ जनाले कोरोना जितेर घर पुगेका छन् ,यो कुल संक्रमित संख्या ४४ हजार २३६ को ५८ प्रतिशत हो।

