कोरोनाबाट थप १४ जनाको निधन कुल संख्या २७१ पुग्यो ,
भदौ १९ ,काठमान्डौ – हिजोको तुलनामा आज मृतक कोरोना संक्रमितको संख्या बढेको छ। आज विभिन्न जिल्ला स्थानमा गरि १४ जनाको कोरोना संक्रमणबाट निधन भएको हो जसमा ४ महिला र १० पुरुष छन्।
यो संगै नेपालमा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २७१ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ। मृतक ४ जना महिलामा ३ जना काठमान्डौका छन् भने १ जना चितवनका हुन्।
मृतक हुने पुरुषमा सप्तरीका दुवै ५५ वर्षीय ,धनुषाका ६५ वर्षीय कास्कीको ३१ वर्षीय नवलपरासीमा ३७ वर्षीय पुरुषको निधन भएको हो।
तेस्तै प्युठानमा ५८ वर्षीय ,रुपन्देहीमा ७८ वर्षीय ,पाल्पामा ६३ वर्षीय र सुर्खेतमा ४२ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको छ।

