Gold
Bangad salyan

वुटवलको कोरोना अस्पतालमा दुई जनाको निधन ,

भदौ २० वुटवल – रुपन्देहीमा दुई जना कोरोना संक्रमितको निधन भएको छ। ज्वरो र श्वास प्रश्वासको समस्या देखिएपछि बुटवल ११ का ४० वर्षीय पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए।

भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भईरहेकोबेला गएराति ११ बजे उनको निधन भएको थियो।

तेस्तै नवलपरासी प्रतापपुर गाउँपालिका,२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनि भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन्, अस्पताल भर्न हुँदानै उनीमाथि कोरोनाक मिल्दा जुल्दा ल्याएर लक्षन देखिएका थिए।

स्वाब संकलन गरि जाँच्दा रिपोर्ट पोजेटिभ आएको डा .थापाले बताए । रुपन्देहीमा हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या १५ पुगेको छ।