Gold
Bangad salyan

भक्तपुरमा दुध सडकमा पोख्ने डेरीवालाको भनाई भाईरल हुन यस्तो गरेको हु ,

भदौ २१, काठमान्डौ – गत भदौ १३ गते भक्तपुरको सूर्यविनायकको सडकमा दुध पोख्ने डेरीवालाले भाईरल बन्न दुख पोखेको प्रहरीसामु बयान दिएका छन्।

सडकमा दुख पोखेको जानकारी पछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो उनि एकसाता बसेर छुटेका छन्।

रानीकोट डेरीका सञ्चालक मनोज श्रेष्ठले अब आफुले यस्तो नगर्ने वाचा गरेपछि हिजो शनिबार प्रहरीले छोडेको हो।किसानबाट किनेको दुख नबिकेको भन्दै उनले सडकमा फ्याँकेका थिए ,।

,धेरैले मलाई गालि गर्नुभयो अब देखि म कहिले पनि यस्तो गर्दिन भनेर आफि मागेपछि छोडीएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

प्रहरीको अनुसन्धानमा भने जस्तो दुध नबिकेर ठप्प भने नभएको र सामाजिक सञ्जालमा भईरल बनिन्छ भनेर फालेको आफै प्रहरीको बयानमा श्रेष्ठले बताए। तर उनलाई भने चौतर्फी गालि गलौज गरिएको थियो।