Gold
Bangad salyan

एसिड पीडित बालिका मुस्कान खातुनलाई पर्यटनमन्त्रीको सहयोग,

भदौ २१ ,काठमान्डौ – संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने भन्दै भट्टराईले आफ्नो जन्मदिनमा ५० हजार नगद प्रदान गरेका हुन् ।

गत वर्षको भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहर गरेका थिए।

खातुनको अहिले उपचार चलिरहेको छ ,मन्त्रि भट्टराईले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिएका छन् ।

तेस्तै केहि हप्ता अगाडीमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले खातुनलाई वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए ।

सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।