Gold
Bangad salyan

समयमा किसानलाई मल नदिने शैलुङ र होनिको कम्पनीको ९ करोड धरौटी जफत,

भदौ २१ ,काठमान्डौ – ठेक्काको सम्झौता गरेर समयमा मल नल्याउने दुई कम्पनीको धरौटी जफद भएको छ ।

भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ धरौटीजफद गर्ने बताएको हो ।

ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कारबाही स्वरूप धरौटी जफत गरिएको कम्पनीका प्रवक्ता राजेन्द्रप्रसाद पोखरेलले बताए।

तेस्तै प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ भने ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ ।

सम्झौता गरेर मल नल्याएपछि यो वर्ष किसानहरुको धान बालीमा ह्रास आउने भएको छ भने मलको लागि महिनौबाट लाईन लाग्नेको लहर देखिन्छ।