Gold
Bangad salyan

रथ यात्रामा ललितपुर महानगर प्रमुख महर्जनलाई घाँटी रेटीदिन्छु भन्ने ब्याक्ति पक्राउ ,

भदौ २१ ,काठमान्डौ – रातो मछिन्द्रनाथको रथ यात्रामा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलाई घाँटी रेटीदिन्छु भनेर सार्वजानिकस्थलमा धम्किदिने ब्याक्ति पक्राउ परेका छन्।

धम्कि पूर्ण भाषा बोल्ने ललितपुर महानगरपालिका,१३ कुसुन्ती बस्ने सञ्जय शाक्यलाई महानगरीय अपराध महाशाखाले आज पक्राउ गरेको हो।

उनले गत १८ गते रातो मछिन्द्रनाथको रथ यात्रागर्ने क्रममा ललितपुर पुल्चोकमा प्रहरीमाथि आक्रमण गर्ने ढुंगा मुढागर्ने र भीडलाई उत्तेजित पार्ने समते गरेका थिए।

उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।उनलाई आवस्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ।

पुल्चोक भीडमा एक ट्राफिक प्रहरीलाई कुट्ने अन्य १७ जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ जसमा दुई जन अझै फरार छन्। पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।