रोगले भन्दा भोकले ज्यान जाने भो भन्दै लाखौ नेपालि भारत प्रस्थान ,
भदौ २३ ,काठमान्डौ – नेपालमा कुनै रोजगार नभएपछि र आफ्नो परिवार पालन गारो भएपछि नेपाली नागरिक कोरोना महामारीमा पनि भारत तर्फ लागेका छन।
नेपालगंजको रुपैडिहा नाकामा अहिले दैनिक जस्तो हजारौको संख्यामा नेपालि भारत प्रस्थान गरेका भेटिन्छन।
कोरोना महामारीमा आफ़ो जान परिवार ,आमा बुवा पालना भएपनि बाध्य भएर भारत हिड्नु परेको उनीहरु बताउछन।
गाँउ घरमा संस्था समूहबाट लिएको ऋण तिर्न नसकेपछि दैनिक जस्तो घरमा आएर संस्थाका मान्छेले धम्काउने गरेको उनीहरुले बताए।
भारत पुगेर स्याउ बोक्ने, ज्यालादारी गर्ने जस्ता कामहरु गरेर परिवार पाल्ने गरेको सिमामा पुगेका एक जनाले भने नेपालमा रोजगार छ भने दिनुस मा यहि बस्छु आफ्नो देश छोर्दा दुख लाग्छ ।
यस्तै नेपालका विभिन्न नाकामा नेपालिहरु नेपाल भित्रिने भन्दापनि बाहिरिने गरेका छन्। कोरोना महामारी भारतमा पनि महामारी छ , नेपालमा पनि छ तर रोगले भन्दा भोकले मर्ने स्तिथि भएर हामि जान बाध्य छौ उनीहरुले बताए।

